पोख्रेललाई तनहुँ रत्न सम्मान
पोखरा । तनहुँ रत्न सम्मानबाट तनहुँ सम्पर्क समाज पोखराका आजीवन सदस्य तथा समाजसेवी फणिनारायण पोख्रेल सम्मानित भएका छन् । तनहुँ सम्पर्क समाज पोखराद्वारा स्थापित उक्त सम्मान समाजको २०औं स्थापना दिवसको अवसरमा शुक्रबार प्रदान गरिएको हो ।
नगद १० हजार रुपैयाँ र ताम्रपत्र सहित सम्मान गरिएको समाजले जनाएको छ । तनहुँको साविक राइपुर गाउँ पञ्चायतका वडा अध्यक्ष, उपप्रधानपञ्च हुँदै प्रधानपञ्चसम्म करिब १५ वर्ष नेतृत्व गरेका ८१ वर्षीय पोख्रेल शुक्लागण्डकी नगरपालिका वडा नं. ११, राइपुर स्थायी ठेगाना भई २०५५ सालदेखि पोखरा ७, माछापुच्छ्रेटोलका अस्थायी बासिन्द हुन् । पोख्रेललाई तनहुँ सम्पर्क समाज पोखरा स्थापनाका साथै तनहुँबासीको सुखदुःखमा पु¥याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष अम्बिका प्रसाद भट्टराईको अध्यक्षतामा तथा प्रा.डा. बुद्धिबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
२०५९ सालमा स्थापित समाजले विभिन्न दैविक प्रकोप एवं मानवीय सहयोग गर्दै आइरहेको छ । वित्तीय कारोबारका लागि आफ्ना सदस्यद्वारा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. समेत स्थापना गरेको छ ।
समाजका निवर्तमान अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा कोषाध्यक्ष जगन्नाथ गौतम र कार्यसमिति सदस्य चित्रबहादुर अधिकारीको ३ सदस्यीय छनौट समितिले पोख्रेललाई सम्मान गर्न सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षति र सुरक्षा कमजोरीबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की...
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...
आज चैते दसैँ मनाइँदै
काठमाडौँ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा...
पश्चिमी वायुको प्रभावः पहाडी क्षेत्रमा वर्षा र हिमपात
काठमाडौँ। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...




