बुधबार, माघ २३, २०८१
English
Follow us:

समृद्धि फाइनान्सको आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना

समृद्धि फाइनान्सको आयोजनामा खुला रक्तदान कार्यक्रम आयोजना

  • खबर सेवा

  • शुक्रबार, फाल्गुन २७, २०७८

  • 12
    SHARES

बुटवल । समृद्धि फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुटवल शाखामा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विहान १० बजेदेखि सुरु गरिएको कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

बुटवल शाखा परिसरमा आयोजना गरिएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको बताइएको छ ।

फाइनान्सले यस अघि पनि फागुन २१ गते पुतलीसडक, हेटौंडा, नारायणगड र पोखरा शाखाबाट रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको व्यवसाय विभाग प्रमुख सुरज कुमार सराफले जानकारी दिए । सो अवसरमा कुल १८६ जनाले रक्तदान गरेका थिए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक ११.७१ प्रतिशत र बचत निक्षेपमा अधित्तम ८ प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology