स्वास्थ्य

जनचेतना फैलाउन अभियानमा रोटरी क्लब अफ हिमालय पाटन

काठमाडौं । रोटरी क्लब अफ हिमालय पाटनले महिलाहरूमा देखिने आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउन दुई हजार जनाको सहभागितामा पैदलयात्रा गर्ने भएको छ ।

शनिबार बिहान ललितपुरको मंगलबजारदेखि कीर्तिपुरस्थित उमा महेश्वर मन्दिरसम्म पैदलयात्रा गर्न लागिएको रोटरी क्लब अफ हिमालय पाटनले जानकारी दिएको छ । जनचेतनाको अभावले गर्दा आङ्ग खस्नेसम्बन्धी रोगको उपचार समयमै नपाउँदा ग्रामीण तथा शहरी महिलाहरू यो समस्याले पीडित भएको भन्दै ‘महिला स्वास्थ्यका लागि सम्पदा पैदलयात्रा’ नाराका साथ पैदलयात्रा गर्न लागिएको आयोजकको भनाइ छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी क्लबले दिएको जानकारी अनुसार पैदलयात्रामा दुई हजार जनाको सहभागिता रहने छ । यो जनचेतना अभियानबाट विद्यमान रोगबारे महिलाहरूमा जनचेतना फैलिनाका साथै समयमै उपचार पाउन सक्ने आयोजकको दाबी छ । विश्व स्वास्थ्य दिवसलाई लक्षित गरी संस्थाले यो अभियान सञ्चालन गर्न लागेको हो ।

भविष्यमा ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गर्दै जाने क्लबले लक्ष्य लिएको छ । शिविरहरू सञ्चालन गर्दा हुने खर्च व्यवस्थापनका लागि पैदलयात्रामार्फत आर्थिक सहयोग जुटाउने क्लबको प्रयास रहने बताइएको छ ।

रोटरी क्लब अफ हिमालय पाटनको स्थापना रोटरी इन्टरनेशनल रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत १७ सेप्टेम्बर २००३ मा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित सामाजिक संस्था हो । संसारभरका २०० वटा देशमा ४ हजार ६०० भन्दा बढी यस्ता क्लब गठन भएका छन् । ति क्लबहरूमा ४६ हजार भन्दा बढी सदस्यहरू आवद्ध छन् ।

सम्बन्धित समाचार

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

चिकित्सा शिक्षा सुधारका लागि विजय पन्तले बुझाउनुभयो ध्यानाकर्षण पत्र

काठमाडौं। चिकित्सक एवं स्वास्थ्य अभियन्ता डा विजय पन्तले चिकित्सा शिक्षा आयोगलाई चिकित्सा शिक्षा सुधारका सम्बन्धमा सुझाव तथा ध्यानाकर्षण पत्र...

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब...

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र सुदृढीकरण गर्ने भएको छ।...

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...