हुन्डाईको विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण
काठमाडौं । नेपालको लागि हुण्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले थापाथलीमा रहेको हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा शुक्रबार मिडिया भेला सम्पन्न गरेको छ । उक्त अवसरमा डेडिकेटेड सोरुम, दीगो संचालन र विद्युतीय गाडीको पुर्जाहरुको बारेमा जानकारी गराइएको छ । विद्युतीय गाडीलाई प्राथमिकता दिदै थापाथलीमा हालै विद्युतीय शोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा लगि विभिन्न प्रस्तुति मार्फत् हुण्डाइ विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धी विभिन्न जानकारी गराइएकोे छ । कार्यक्रमको मुख्य उद्देश्य हुण्डाइ विद्युतीय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टेनएबल मोविलिटी र विद्युतीय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्नु रहेको प्रा.लि.ले जनाएको छ ।

पछिल्लो समयमा हुन्डाईको विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढेको डिलरसिप हेड दिवाकर रेग्मीले बताए । ‘अबको भविष्य विद्युतीय गाडीको राम्रो छ,’ उनले भने । उक्त अवसरमा प्रालिका जिडिएम दीपक थपलिया, मार्केटिङ एण्ड कम्युनिकेसन हेड सन्दिप शर्मा, टेक्निकल टे«निङ इन्चार्ज बासुवेद तिमिल्सिना लगायतले विद्युतीय गाडीका बारेमा बोल्दै सहजीकरण गरेका थिए ।
यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ । हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।
साथै हुण्डाइको नेपालमा विद्युतीय गाडीको पूर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको जनाएको छ ।

ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




