समाचार

पोखरा १२ मा कांग्रेसबाट वडा अध्यक्षमा बास्तोला सर्वसम्मत सिफारिस

पोखरा । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेसको तर्फबाट पोखरा–१२ को वडा अध्यक्षमा सन्तोष बास्तोलालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको छ ।

वडा अध्यक्षमा दावी गरेका नेपाली कांग्रेस कास्की क्षेत्र न एक ख का सभापति कृष्ण कोइराला, पूर्व वडा सभापति राधेश्याम कोइरला तथा पूर्व वडा सदस्य बलबहादुर कार्कीले दावेदारी छोडिदिए पछि बास्तोला पोखरा १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार भएका हुन् ।

सर्वसम्मत नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार भएपछि बास्तोलाले आफू विजयी भएमा पोखरा १२ लाई नमुना वडा बनाउने आफ्नो लक्ष्य रहेको बताए । बास्तोलाले वडा सदस्यको बारेमा दुई तीन दिन भित्रै बैठक बसी सर्वसम्मत निर्णय गरिने बताए ।

बास्तोला हाल नेपाली काँग्रेस वडा इकाई समिति पोखरा १२ का सभापति समेत हुन् । नेविसंघको राजनीतिबाट अगाडि बढेका बास्तोला युवाहरु माँझ लोकप्रिय छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...