समाचार

अटेरी उम्मेदवारी घोषणा गर्नेको संख्या थपिदै

पोखरा । स्वतन्त्र अटेरी उम्मेदवारी  घोषणा गर्नेको संख्या देशभर थपिदै छ । स्थानीय तहलाई दलरहित बनाउने उद्देश्य सहित सुरु भएको अटेरीमा पोखरा सहित देशभर उम्मेद्वारी घोषणा गर्नेको संख्या थपिदै छ ।

पोखरामा पनि वडा नम्बर ३ र २५ मा पनि वडा सदस्य पदका लागि ३ जनाले उमेदवारी घोषणा गरेका छन् । पोखरा ३ मा दिनेश शाही र पुनम खड्का शाहीले वडा सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

यस्तै वडा नम्बर २५ मा नवीन त्रिपाठीले वडा सदस्य पदका लागि उमेदवारी  घोषणा गरेका हुन् । यसअघि २५ को वडा अध्यक्ष पदमा सोमनाथ अधिकारीले उमेदवारी  घोषणा गरि सकेका छन् ।

हिजो शनिबार वडा नम्बर ३ का वडाध्यक्ष महेश उदासले घोषणापत्र सार्वजनिक गरि सकेको अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी...

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...