बिहिबार, माघ २४, २०८१
English
Follow us:

पल शाह प्रकरणः पीडितले बयान फेरिन्

पल शाह प्रकरणः पीडितले बयान फेरिन्

  • खबर सेवा

  • आइतवार, बैशाख ४, २०७९

  • 10
    SHARES

दमौली । जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन् । तनहुँ अदालतमा आज भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन् ।

जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् । अदालतले आइतबार पीडित र साक्षीको बकपत्र लिएको छ ।

गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।

तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आइतबार बकपत्र लिने काम भएको जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology