समाचार

धुलिखेल अस्पतालमा ‘म्यामोग्राफी’ सेवा

धुलिखेल । स्तनमा हुने क्यान्सरको अवस्था पत्ता लगाउन गरिने परीक्षण विधिअन्तर्गतको ‘म्यामोग्राफी’ सेवा अब धुलिखेल अस्पतालबाट उपलब्ध हुनेछ । यसअघि परीक्षण गर्ने म्यामोग्राम मेशिन नहुँदा भक्तपुर र काठमाडौँ धाउनुपर्नेमा अब सो सेवा धुलिखेल अस्पतालबाट नै उपलब्ध हुने अस्पतालका प्रा।डा। सुमनराज ताम्राकारले बताएका थिए ।

स्तन क्यान्सरसम्बन्धी जनचेतनाको कमी, गरिबी तथा शिक्षाको कमीका कारण नेपालमा ढिलो गरी मात्र रोगको पहिचान हुने गरेको पाईन्छ । रोग शरीरका अन्यत्र भागमा फैलिसकेको अवस्था हुन सक्ने भएकाले बेलैमा उपचार गरी ढुक्क हुन हरेक महिलाले यसबारेमा थाहा पाउन र परीक्षण गर्न आवश्यक रहेको अस्पतालका डाक्टर ताम्राकारले बताउनुभयो । “शरीरको अन्य भागमा झैँ स्तनका कोषहरुमा पनि असामान्य, अनियन्त्रित र अनावश्यक वृद्धि हुन गई गिर्खा, गाँठागुठी तथा निको नहुने घाउ बन्ने अवस्थालाई स्तन क्यान्सर भनिन्छ,” उनले भने , “उमेर ढल्किसकेका महिला, अनुवांशिक खराबी भएका, ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने, कम उमेरमै महिनावारी सुरु भएका तथा ढिलो गरी मात्र महिनावारी भएका, अधिक धुम्रपान तथा मद्यपान गर्ने, चिल्लो तथा बोसोयुक्त खाना बढी सेवन गर्ने महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।”

शङ्का लागेर म्यामोग्राफी भनिने विशेष खालको स्तनको एक्स–रे गराएको खण्डमा स्तनको क्यान्सरको सुरुको अवस्था पत्ता लगाउन सक्ने भएकाले यसबाट बेलैमा उपचार गर्न नियमित रुपमा स्तन परीक्षण गराउन आवश्यक रहेको उनले बताए ।

अस्पतलाका डा सुनिला शाक्यले स्तन क्यान्सर हुने पूर्व अवस्था पत्ता लगाउने विधि नभएकाले त्यसबाट नियमित परीक्षण गरी बेलैमा सही उपचार गर्न सकिने भएकाले सो सेवा आवश्यक रहेको बताएका छन्  । स्तनमा केही परिवर्तन देखिएमा समयमा नै परीक्षण गरी उपचार गराउन उनले सुझाव दिए

सम्बन्धित समाचार

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

प्रधानमन्त्रीले पनि गर्नुभयो मतदान

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदान गर्नुभयो। काठमाडौंस्थित प्रतिनिधिसभा क्षेत्र ५ को धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उहाँम्ले मतदान गर्नुभएको...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहटमा छुरा प्रहारबाट एक युवक घाइते

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा मादक पदार्थ सेवनगरी भएको झगडाका क्रममा एक युवकमाथि छुरा प्रहार भएको...

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

निर्वाचनका दिन कति सुरक्षाकर्मी छन् फिल्डमा?

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ...