मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत

बेनी। हिमाल पारीको जिल्ला मुस्ताङ जाने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडक धमाधम मर्मत भइहेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्ड चौडा तथा स्तरोन्नतिका लागि दैनिक चार घण्टा सडक बन्द गरेर मर्मतलाई तीव्रता दिइएको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार बुधबारदेखि वैशाख २० गतेसम्म १४ दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडकमा यातायातका साधन चल्न नदिएर मर्मत गर्न लागिएको हो । यो सडकखण्ड वैशाख २० गतेसम्म दैनिक चारघण्टा अवरुद्ध हुने भएको छ । सडकलाई चक्लाबन्दी गर्ने क्रममा ब्रेकरले चट्टान फुटाउन नसक्दा मुस्ताङको घाँसा, काभ्रेभीरलगायत ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गरिएको उहाँको भनाइ थियो । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले सडक निर्माणको काममा सहजीकरण गर्न बाटो बन्द गर्ने निर्णय गरेको थियो ।
मुस्ताङ पुग्ने सोही सडकअन्तर्गत बेनी–मालढुङ्गा सडकखण्ड पनि दैनिक पाँच घण्टा बन्द गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि १३ किलोमिटर दूरीमा म्याग्दीको बेनीसम्म जोडिने साँघुरो सडकको चक्लाबन्दी र स्तरोन्नतिकाका लागि सडक बन्द गरिएको हो ।सवारीसाधन गुडिरहेको अवस्थामा सडक निर्माण गर्न समस्या हुने भएपछि निर्माण कम्पनीको अनुरोधमा पर्वत जिल्ला प्रशासन कार्यालयले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।
पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ आउजाउ गर्ने सवारी साधनको चाप बढ्दा सडकमा काम गर्न समस्या भएपछि सडक अवरुद्ध गरेर मर्मत गर्नुपरेको सहायक प्रजिअ ढकालले बताउनुभयो । बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने भएको छ तर मुस्ताङमा बन्द गरिएको सडकको वैकल्पिक सडक नभएका कारण म्याग्दी हुँदै मुस्ताङ जान लागेकाहरु भने म्याग्दीको माथिल्लो भागमा पुगेपछि रोकिएर बस्नुपर्ने समस्या रहेको छ ।अहिले मुस्ताङ भ्रमणमा जाने र मुस्ताङबाट फर्किने आन्तरिक पर्यटकका सवारीसाधनले बेनीदेखि भुरुङ तातोपानीसम्मको सडकमा यातायातको चाप बढाएको छ ।
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो
काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...
कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ
काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...
महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ ।...
झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु
काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...




