नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला

काठमाडौँ, / नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरेको छ ।
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठ र वरिष्ठ गरी दुई विधामा आयोजना गरिनेछ । जसअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले कनिष्ठमा आवेदन दिन सक्नेछन् ।
कक्षा ११–१२ का विद्यार्थीले वरिष्ठमा आवेदन दिनसक्ने पनि उनले बताए । ओलम्पियाडको पहिलो चरण छनोट परीक्षा प्रादेशिक चरणका रुपमा यही मे ७, २०२२ वैशाख २४, २०७९ शनिबार अपराह्न १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ ।
इच्छुक विद्यार्थीले आवेदन फाराम आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीले तोकेका संयोजकलाई बुझाउन सक्नेछन् ।
प्रदेश चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो चरण अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोपिÞmसिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ । कार्यक्रमको आवेदन फाराम तथा त्यससम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध छ ।कार्यक्रमसम्बन्धी जिज्ञासा तथा थप जानकारीका लागि सोसाइटीको मोबाइल नं ९८४३७०८२४८ मा सम्पर्क गर्न सकिने पनि अध्यक्ष भट्टराईले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




