अर्थ

महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्ट एण्ड थकाली घरमा छुट

काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घर बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले] VISA EMV chip based travel Card, eCommerce card, Dollar card जारी गरिसकेको छ ।

 

सम्बन्धित समाचार

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौँ। नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ। आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी...

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अंकले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम...

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

राष्ट्र बैंकले बजारबाट ३० अर्ब तरलता खिच्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि...