भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला सुरु, १० देखि ५० प्रतिशतसम्म छुट
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला सुरु भएको छ । उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनु पर्ने उनको भनाइ छ ।
फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा मेला सुरु भएको हो । मेलाको उद्घाटन कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न राज्यले भुमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठ, चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनका पूर्व अध्यक्ष भीमलाल पौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोककुमार श्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाल लगायतले बोलेका थिए ।
मेला जेठ ८ सम्म सञ्चालन हुने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिए । एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने उनले बताए ।
मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण रहनेछ,’ बन्जाडेले भने । प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने भएकाले उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने एसोसिएसनको विश्वास छ ।

उद्योगी र ग्राहकलाई सहज हुने गरी मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले अबदेखि वर्षमा २ पटकमात्रै यस प्रकारको मेला आयोजना गर्ने र अर्को मेला आगामी मंसिरमा मात्रै हुने अध्यक्ष घिमिरेले जानकारी दिए । ‘वर्षमा २ पटक मात्रै मेला आयोजना गरी उपभोक्तालाई स्वेदशी ब्राण्डका गुणस्तरीय प्रडक्ट उपलब्ध गराउन हामी प्रद्धिबद्ध छौं ।’
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद: आयोगमा चैत १ गते सुनुवाइ हुने
काठमाडौँ। विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी...
केही दिन राहदानी वितरण बन्द हुने
काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो...
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...




