अर्थ

जुत्ता चप्पल मेलामा ग्राहकको उपस्थिति उत्साहजनक: मेला संयोजक बञ्जाडे

काठमाडौं । भृकुटी मण्डप काठमाडौंमा आयोजित जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलामा शुक्रबार ४ हजार अवलोकनकर्ता उपस्थित भएका छन् । मेला सुरु भएको दोस्रो दिनमै ग्राहकको उपस्थिति उत्साहजनक रहेको मेला संयोजक एवं आयोजक संस्था फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले जानकारी दिए ।

शुक्रबार करिब १५ लाख रुपैयाँ बराबरको कारोबार भएको उनले बताए । ‘२ हजार भन्दा बढी जोर जुत्ता चप्पल शुक्रबार बिक्री भएका छन्,’ उनले भने । शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा भएकाले अझै बढी दर्शकको उपस्थिति रहनेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।

चुनावको समयमा गाउँ–गाउँमा जाने क्रममा मेलाबाट जुत्ता चप्पल खरिद गरी कोशेलीका रुपमा लैजान सकिने बञ्जाडेले बताए । ‘स्वदेशी प्रशिद्ध ब्राण्डका जुत्ता चप्पल सस्तो दरमा मेलामा बिक्री भइरहेका छन्,’ उनले भने ।

मेला जेठ ८ सम्म सञ्चालन हुनेछ । मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान भइरहेको बञ्जाडेले बताए । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो ।

आन्तरिक उत्पादनलाई प्रवर्दन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...