अर्थ

भृकुटीमण्डपमा आयोजित जुत्ता चप्पल मेलामा ग्राहकको भिड

काठमाडौं । काठमाडौंको बालुवाटारमा परिवारसहित बस्दै आएकी निर्मला सिग्देल शनिबार काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल खरिदमा व्यस्त थिइन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि परिवारसहित उनी केही दिन पछि गृहजिल्ला तनहुँ जाँदैछिन् । भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेलामा विशेष छुटमा स्वदेशी ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाउँदा खुसी लागेको उनले बताइन् । परिवार र गाउँमा रहेका आफन्तलाई सहित गरी उनले ६ जोर जुत्ता र ५ जोर चप्पल किनिन् ।

कंलकी घर भएका राम बजगाईं पनि मेलामा जुत्ता चप्पल किन्न व्यस्त थिए । उनले आफूसहित छोरी र श्रीमतीका लागि जुत्ता चप्पल खरिद गरेको सुनाए । ‘विशेष छुटमा जुत्ता चप्पल खरिद गर्न पाउँदा खुसी लाग्यो,’ उनले भने, ‘म बिगत वर्षदेखि नै यही मेलामा आएर सपिङ गर्छु ।’

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित उक्त मेलामा निर्मला र राम मात्रै होइन धेरै सर्वसाधरणको भिड देखिन्छ । मेलामा १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ता चप्पल बिक्री भएकाले पनि उपभोक्ताको आकर्षण देखिएको बताउँछन् मेला संयोजक सुरज बन्जाडे । ‘हामीले विशेष छुटमा स्वदेशी ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल बिक्री गरिरहेका छौं,’ उनले भने ।

स्वदेशी उद्योगहरुको प्रवद्र्धनसहित आर्थिक क्षेत्रलाई चलायमान बनाउने लक्ष्यले मेला आयोजना गरिएको उनले बताए । वैशाख १७ गते सुरु भएको मेला जेठ ८ गतेसम्म चल्नेछ ।

मेलामा २२ वटा उद्योगका करिब सय वटा स्टल रहेको बन्जाडेले जानकारी दिए । ‘आगामी दिनमा मेलामा अवलोकनकर्ताहरुको अझै भिड लाग्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

सम्बन्धित समाचार

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...