अभिनेत्री अनुष्का शर्माले ३४ औं जन्मदिन मनाउँदै, यस्ता छन उनीसँग जोडिएका रहस्य !
बलिउड अभिनेत्री अनुष्का शर्माले आज ३४ औँ जन्मदिन मनाइरहेकी छिन् । बलिउडकी चर्चित अभिनेत्रीमध्ये अनुष्का शर्मा पनि एक अभिनेत्री हुन । अभिनीत्रीसँगसँगै अनुष्का फिल्म निर्माता पनि हुन् ।
अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो तर उनी बेङ्लोरमा हुर्किएकी थिइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए । अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् ।
अनुष्काले २०१२ मा फोर्ब्स इन्डियाको शीर्ष १०० मा पनि स्थान बनाएकी थिइन् भने २०१८ मा उनको नाम फोर्ब्स एसियाको शीर्ष ३० मा पनि परेको थियो।
अनुष्काले आफ्नो फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छिन् । अनुष्कालाई सुरुदेखि नै मोडल बन्ने रहर थियो । स्नातक पूरा गरेपछि उनी मोडलिङ गर्न मुम्बई गइन् ।
उनले आफ्नो पहिलो मोडलिङ असाइनमेन्ट सन् २००७ मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि गरेकी थिइन्। त्यसपछि उनले एकपछि अर्को धेरै ब्राण्डको विज्ञापनमा काम गर्ने मौका पाए ।
अनुष्काले सन् २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यु जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।
उनले सिल्क एण्ड शाइन, व्हिस्पर, नथाला आभूषण र फिएट पालियो जस्ता ब्रान्डका लागि काम गरेका छन्। मोडलिङका क्रममा अनुष्काले एक्टिङ स्कूलमा प्रवेश गरिन् र फिल्मका लागि अडिसन दिन थालिन् । अडिसनको क्रममा उनले यशराज फिल्म्स स्टुडियोमा आफ्नो स्क्रिन टेस्ट दिएकी थिइन् । अडिसन दिएपछि उनलाई ३ फिल्म ‘रब ने बना दी जोडी’, ‘बदमाश कपन्नी’ र ‘ब्यान्ड बाजा बारात’ अफर आएको थियो, जसमा उनले साइन गरिन् ।
सन् २०१३ मा नै उनको भेट भारतीय क्रिकेटर विराट कोहलीसँग भएको थियो । दुबैले एक स्याम्पुको विज्ञापनमा सँगै काम गरेका थिए र केही वर्ष डेटिङ गरेपछि उनीहरुले इटालीमा एक निजी समारोहमा विवाह गरे । दुवैको वामिका नामकी छोरी छिन् ।
सन् २०१५ मा अनुष्काले भाइ कर्णेश शर्मासँग मिलेर प्रोडक्सन कम्पनी खोलिन् । यही निर्माण कम्पनीको ब्यानरमा उनले एनएच १०, फिलौरी, परी जस्ता चलचित्र बनाइन् । तर हालै अनुष्काले छोरी हुर्काउन यो प्रोडक्सन कम्पनी छोडेकी छिन् ।
उनको फिल्मी करियरमा ‘जब तक है जानु, ‘पीके’, ‘सुल्तान’, ‘ए दिल है मुश्किल’ जस्ता हिट फिल्महरू छन्, जबकि ‘मत्रु की बिजली का मन डोला’, ‘बम्बे वेल्वेट’, ‘फिलौरी’ जस्ता फिल्महरू असफल भए । फिल्म जब तक है जान सन् २०१२ को तेस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्म थियो।एजेन्सीको सहयोगमा
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




