पोखरा बनाउने प्यासन र प्लानसहित आएको छुः गठबन्धनका उम्मेदवार आचार्य
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् ।
‘पोखरा बनाउन चार कुरा चाहिन्छ,’ उनले भने, ‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै उनले भने, ‘सधैंभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै बस्नेहरु छन् यहाँ हाम्रा प्रतिष्पर्धीहरु । तर, हामी बनाउने योजना र कार्यान्वयन गर्ने आधार बनाएर आएका छौं । एकपटक विश्वास गरेर मतदान गरिदिनुस् ।’

उम्मेदवार आचार्यले गठबन्धनलाई मजबुत बनाउन पोखराका सबै वडामा साझा उम्मेदवार चयन गर्नुपर्ने बताए । त्यसका दलहरुलाई आग्रह गर्दै उनले भने, ‘वैशाख २० गतेसम्ममा साझा उम्मेदवार चयन गरौं, त्यसले एकताको सन्देश दिन्छ । त्यसो भयो भने हामी सजिलै जित्छौं ।’
कार्यक्रममा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन मुलुकको आवश्यक्ता भएको बताइन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रियता संरक्षणका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘गठबन्धनले जितेन भने फेरीपनि संविधान, लोकतन्त्र, राष्ट्रियता खतरामा पर्छ, त्यसको संरक्षणका लागिपनि गठबन्धनले जित्नुपर्छ ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दोलखामा हवाई फायर
दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...
बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन सकेन, काठमाडौँ फर्किए
काठमाडौं। झापा क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका उम्मेदवारबालेन्द्र शाह बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी पुनः काठमाडौं फर्किएको...
पालुङ्टारबाट बाबुराम भट्टराईद्वारा मतदान
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्नुभएको हो। गृहजिल्ला गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि मतदान...
सर्लाही ४ का उम्मेदवार गगनले काठमाडौँबाट मतदान
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गर्नुभयो। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट...




