जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कामरकारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उनले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी, प्रतिफल आउने जनमुखी काम गर्न अपिल गरेका हुन् ।
उनले भने, “तपाईहरु जुनजुन जिम्मेवारीमा हुनुहुन्छ, म तपाईहरूलाई एउटा प्रश्न गर्न चाहान्छु, यो त्रैमासिक प्रगति समीक्षामा तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?, वास्तवमा मैले हेर्दाखरी म उत्साहजनक र सन्तोष गर्ने अवस्थामा छैन, हामीले कार्य सम्पादनको निम्ति सम्झौता पनि गर्यौं, तर त्यो सम्झौताअनुसार हाम्रा पाइला अगाडि बढेका छन् कि छैनन्, सम्झौताअनुसार काम भएको छ कि छैन, अब समीक्षाबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने छ ।”
उनले टेलिकममा देखिएको टावर नटिप्ने समस्या जतिसक्दो चाँडो समाधान गर्न निर्देशन दिँदै इन्टरनेटको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
सरकारका प्रवक्ता कार्कीले आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनताले विकास र समृद्धि चाहेको हुँदा तीव्र गतिमा काम गर्नेपर्ने उनको भनाइ छ ।मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विगतका आर्थिक वर्षको तुलनामा चालु आवमा प्रगति भएको देखिए पनि फछ्र्यौटलाई कम गर्दै लैजानुपर्ने बताए ।
उनले ‘डिजिटल आर्काइभ’ को कामलाई आगामी आर्थिक वर्षभित्रमा सक्नुपर्ने बताउँदै डिजिटल हस्ताक्षरको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लगायतका प्रतिनिधिले आ-आफ्नो कार्यालयको कार्य प्रगतिबारे प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु
काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...
प्रधान सम्पादक नियुक्तिका लागि कान्तिपुरले गर्यो दरखास्त आह्वान
काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकको प्रधान सम्पादक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। यसअघिका प्रधान सम्पादक उमेश चौहानले...
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार...
इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा
काठमाडौँ। इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल दलित मुक्ति मोर्चा’ले राजधानीमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले...




