खेलकुद

एक दिवसीय क्रिकेटमा जिम्बावेसँग नेपाल पराजित

काठमाडौं । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा गर्‍यो ।

जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक ४८ रनको योगदान दिए । उनी ४८ बलमा चार चौका र एक छक्कासहित ४८ रनमा अविजित रहे । त्यसैगरी चेपाश झुवायाले ३२ रन जोड्दा ब्राड इभान्सले १७ तथा रोय कैयाले १४ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए ।त्यसैगरी करण केसीले २५ रन बनाए भने कुशल भुर्तेल १९ रनमा आउट भए ।

दिपेन्द्रसिंह ऐरीले १८, आरिफ शेखले पाँच तथा रोहित पौडेलले तीन रन जोडे । जिम्बावे ए का ब्राड इभान्सले सर्वाधिक चार विकेट लिए भने भिक्टर न्याउची, ब्रेन्डन मभुताले र चेपाश झुवाओले समान २/२ विकेट लिए ।

आइसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको हो ।

दोस्रो एकदिवसिय अभ्यास खेल शनिबार हुनेछ ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...