अर्थ

हिरासतमा रहेका इच्छाराजको सिटिसि मल लिलामको लागि सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना

४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटिसि मल लिलाम हुने भएको छ ।

कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना सोमबार जारी गर्दै सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो ।सिभिल स्टेटस्को नाममा रहेको मलका पसल कवलहरु लिलाम गर्न सूचना जारी गरिएको हो ।

कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्न आज सूचना निकालेको छ ।इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो ।

कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।काठमाडौँ महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको कवलहरु लिलाम हुन लागेको हो ।

मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ । ४६ करोड ठगी आरोपमाअध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनालाई सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...