बुधबार, माघ २३, २०८१
English
Follow us:

इक्वेडरको जेलमा हिंसा हुँदा ४४ को मृत्यु, १०८ फरार

इक्वेडरको जेलमा हिंसा हुँदा ४४ को मृत्यु, १०८ फरार

  • खबर सेवा

  • मङ्लबार, बैशाख २७, २०७९

  • 17
    SHARES

इक्वेडर । इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी सोमबार कम्तीमा ४४ कैदीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार घटनामा परी अन्य १०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन ।

क्विटोबाट करिब ८० किलोमिटर टाढा इक्वेडरको मध्यभागमा अवस्थित सान्टो डोमिङ्गो डे लस कोलोराडोसको बेलाभिस्टा जेलभित्र प्रतिद्वन्द्वी लस लोबोस र आर ७ गिरोहबीच झगडा भएको अधिकारीहरूले बताएका छन् ।

जेलमा जारी हिंसाको क्रममा १०८ कैदी फरार भएका छन् भने जेलबाट भागेका ११२ जनालाई पुनः पक्राउ गरिएको प्रहरी प्रमुख फाउस्तो सलिनास्ले जानकारी दिए । एएफपी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology