उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड
सिन्ह्वा । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ ।
यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका विरामीहरु बढेकाले उनीहरुको उपचारमा भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताइएको छ ।
यहाँ शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका विरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ ।
यहाँ कोभिड-१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।
उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ती ज्वरोका विरामीहरुको उपचारका काम भएको छ । यहाँ ज्वरो आउने विरामीको संख्या बढ्दै गएको पनि बताइएको छ ।
ती ज्वरोका विरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको बताइएको छ ।यहाँका नागरिकले कोभिड विरुद्धको खोप लगाइएको छैन ।
यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।उत्तर कोरियाको राजधानीमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो ।
त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिए अनुसार देशव्यापी रुपमा लकडाउन भइरहेको बताइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्याली
क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...
टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द
टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...
सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...
इरानबाट १८ चिनियाँ नागरिकको उद्धार
इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...




