कला

बंगाली टिभी अभिनेत्री पल्लवी घरभित्र झुण्डिएको अवस्थामा फेला

बंगाली टिभी इन्डष्ट्रिकी चर्चित अभिनेत्री पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

कोलकातामा बंगाली टिभी नायिका पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आइतबार बिहान भेटिएको हो । प्रहरीका अनुसार प्राथमिक छानबिनपछि यो आत्महत्या मामिला बताइँदै छ ।

पल्लवीको शव उनको घरको पंखामा झुण्डिएको थियो । पल्लवीलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल लग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।

भारतीय सञ्चार माध्यमका अनुसार यो मामिलामा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।पल्लवीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रहरीले नायिकाले आत्महत्या गर्नु पछाडिको कारण जान्ने कोसिस गरिरहेको छ ।उनी टिभी शो ‘मोन माने ना’ मा मुख्य भूमिकामा देखिएकी थिइन् ।

पल्लवी करियरको कुरा गर्नु पर्दा टिभी सिरियल ‘रेशम झाँपी’ मा काम गरेपछि उनले विशेष पहिचान पाएकी थिइन् ।एजेन्सी

 

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...