युगाण्डाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ भने युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भएको उक्त सिरिज यही जेठ ७ गतेसम्म चल्नेछ । नेपाल र युगान्डाबीचको दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ ।
त्यसैगरी चौथो खेल जेठ ६ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




