संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै (कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाअन्तरगतको अघारौ अधिवेशन भोलिदेखि सुरु हुँदैछ । महासचिव डा. भरतराज गौतमले आज (सोमबार) सूचना जारी गर्दै मंगलबार संघीय प्रतिनिधिसभामा पाँचवटा सम्भावित कार्यसूची रहेका जानकारी गराएका छन् ।
कार्यसूचीअनुसार सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ।
त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् भने, त्यसपछि दुईवटा अध्यादेश पेस गर्ने कार्यतालिका छ।
यसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बनधी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्नेछन्। कानुनमन्त्रीले नै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्ने कार्यतालिका छ।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठक अपराह्न ४ बजेका लागि डाकिएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...
मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...
धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त, प्रहरीले चलायो ६ राउन्ड हवाई फायर
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन...




