बुधबार, माघ २३, २०८१
English
Follow us:

श्रीलंकामा नौ घण्टे कफ्‌र्यु आदेश जारी

श्रीलंकामा नौ घण्टे कफ्‌र्यु आदेश जारी

  • खबर सेवा

  • सोमवार, जेष्ठ २, २०७९

  • 32
    SHARES
श्रीलंकामा नौ घण्टे कफ्‌र्यु आदेश जारी

कोलम्बो । आर्थिक तथा राजनीतिक संकटमा परेको मुलुक श्रीलंकामा आज (सोमबार) देखि नौ घण्टे कफ्‌र्यु आदेश जारी गरिएको छ । सरकारले घोषणा गरेको कफ्‌र्यु आज बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।

विभिन्न आरोपमा झण्डै २ सय मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्‌र्यु आदेश जारी गरेको हो । पक्राउ गरेकाहरूलाई कफ्‌र्यु आदेशको उल्लंघन गरेको, सार्वजनिक तथा अर्को व्यक्तिको सम्पत्ति तोडफोड गरेको, अशान्ति मच्चाएको, हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको लगायतका आरोपहरू लगाइएको छ ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा आर्थिक संकटकै कारणले राजनीतिक संकट पनि उत्पन्न भएको छ । विषेश गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव बढेको थियो । र, त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । नागरिक आन्दोलनका कारण राजनीतिक संकटसमेत उत्पन्न भएको छ ।

नागरिक आन्दोलन चर्किदै गएपछि मन्त्रपरिषद् नै परिवर्तन गर्नु परेकोसम्मका राजनीतिक संकट उत्पन्न भएको छ। तत्कालीन निर्वाचित प्रधानमन्त्री महेन्दा राजापाक्षको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका कारण उनले राजीनामा दिन बाध्य हुनु परेको थियो ।

राजपाक्षेको राजीनामाको केही दिनपछि राष्ट्रपति गोटावाय राजापाक्षले आइतबार मात्रै रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology