अर्थ

सेयर बजारमा नेप्से सूचक ८४ अंकले घट्यो

सेयर बजारमा मंगलबार भारी गिरावट आएको छ । स्थानीय निर्वाचन पहिला तगातार उकालो लागेको सेयर बजार निर्वाचन पछिको पहिलो दिननै ओरालो लागेको छ ।

साताको पहिलो दिन सेयर बजार आज करिब ८४ दशमलव ९० अंकले घटेको छ ।आज अन्तिम समयसम्म आइपुग्दा नेप्से ८४ दशमलव नौ अंकले घटेर २२ सय ६५ दशमलव ५२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव २७ अंकले घटेर चार सय ३९ दशमलव ६९ अंकमा झरेको छ ।

आज दुई सय २१ कम्पनीको ३३ हजार ६ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमध्ये कुल कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटैको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव ९५ अंकले घटेर १५ सय ५३ दशमलव २० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि एक सय ६३ दशमलव ६९ अंकले घटेर तीन हजार नौ सय १६ दशमलव १८ अंकमा झरेको छ ।

भने जीवन बीमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४८५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । त्यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।

आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

सम्बन्धित समाचार

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

काठमाडौँ। दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख...

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...