सार्वजनिक सवारीको भाडा समायोजन, कहाँको भाडा कति ?
काठमाडौं । सरकारले डेढ महिनामै सार्वजनिक यातायातको भाडा बढाएको छ । यसअघि सरकारले १७ चैतमा गाडी भाडा बढाएको थियो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक भाडा बढाएको हो।
इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । विभागले दुई वा त्योभन्दा बढी प्रदेश भएर राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक गाडीको भाडा बढाएको हो ।
नयाँ भाडादर भोलिबाट लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ। नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा ३ दशमलव ५ प्रतिशतले बढेको छ।
त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५ दशमलव १ प्रतिशतले बढेको छ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका–६ र ७ अन्तर्गत चारलिकस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी बनाइएका पाँच दर्जनभन्दा...




