अर्थ

जुत्ता चप्पल मेला थप एक दिन लम्बियो

काठमाडौं । भृकुटीमण्डप काठमाडौंमा जारी जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला एक दिन थप भएको छ । यस अगाडि जेठ ८ गतेसम्म मेला अवधि तोकिएकोमा अब मेला ९ गतेसम्म चल्ने आयोजक फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ।

मेला अन्तिम चरणमा पुगेकाले ग्राहक तथा अवलोकनकर्ताको आकर्षण दिनप्रतिदिन बढिरहेको मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए । मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । सस्तो मूल्यमा जुत्ता चप्पल खरिदका लागि मेला उपयुक्त थलो बनेको आयोजकको भनाइ छ ।

स्वदेशी उद्योगहरुको प्रवर्द्धनसहित आर्थिक क्षेत्रलाई चलायमान बनाउने लक्ष्यले मेला आयोजना गरिएको हो । मेलामा २२ वटा उद्योगका करिब सय वटा स्टल छन् ।

सम्बन्धित समाचार

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

काठमाडौँ। दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख...

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...