गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले यसपालि गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो।
समितिले जेठ १४ गते साँझ सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झन्डा एवं ब्यानर सजाइ साँझ दीपावली गर्ने र आम नागरिकलाई दीपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
साथै सोही दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ-आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दीपावली गर्ने कार्यक्रम तय भएको छ।
उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झन्डा फहराएर १४, १५ र १६ जेठमा साँझ दीपावली गर्ने कार्यक्रम तय भएको छ।
ताजा अपडेट
-
१.
दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
-
२.
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
३.
अनेक चुनौतीबीच पार्टीलाई प्राप्त मतप्रति सन्तुष्टि छ : उज्यालो पार्टी
-
४.
प्रधानमन्त्रीका स्वकिय सचिव श्रेष्ठ प्रकृति संरक्षण कोषमा
-
५.
यी हुन् नेकपाका ९ समानुपातिक सांसद
ट्रेन्डिङ
सम्बन्धित समाचार
धनुषा १ : सर्वोच्चले खारेज गर्यो रास्वपाका किशोरी साहको रिट, मातृका यादवको पद जोगियो
काठमाडौं। सर्वोच्च अदालतले रास्वपा धनुषा १ का उम्मेदवार किशोरी साहले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...
कुवेतको नेपाली दूतावासले भन्यो : साउदीका लागि भिषा दिन सकिन्छ
काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई साउदी भिसाको आवेदन दिन सकिने जनाएको छ। त्यसरी दिएको आवेदनपछि सडकमार्गबाट...
महेश बस्नेतसँग अदालतको अपहेलना मुद्दामा लिखित जबाफ माग्ने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ ।...
झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु
काठमाडौँ। रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फालेका एक किशोरको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका १० टोड्के घर भई मुसिकोट...




