‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’
राष्ट्रियसभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।
नेकपा (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारसँग सही योजना भएको खण्डमा मात्रै प्रतिपक्ष दल राष्ट्रिय सहमति गर्न तयार रहेको बताए ।
उनले भने, “नागरिकतासम्बन्धी कानुन देशभरि समस्या छ, आमाको नामबाट नागरिकता दिने सवालमा समास्या छ, आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ, राजनीतिको कर्मको कारण बालेन्द्र शाहहरू स्थापित हुने अवस्था आएको छ ।”
नेकपा ९एकीकृत समाजवाद० पार्टीका सांसद डा वेदुराम भुसालले आवश्यकतानुसार आर्थिक, सामाजिक र सांस्कृतिक विकास र सामाजिक रुपान्तरणसँगै मुलुकको विकासतर्फ अभियान सञ्चालन गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राज्यका हरेक संरचनामा सीमान्तकृत समुदायको समान सहभागिता हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।
कम्तीमा ६० प्रतिशत बजेट स्थानीय तहमा खर्च हुने गरी बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्दै संविधानको मर्मअनुरुप दलितमुखी कानुन निर्माण गर्नुपर्ने बताए ।
आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिए ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




