जुम्लामा साथीमार्टको फ्रेन्चाइज आउटलेट खुल्दै

जुम्ला ।नेपालकै ठुलो ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टले जुम्ला बजारमा आफ्नो नयाँ फ्रान्चाइज आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।
आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने उक्त मार्ट जुम्लाकै पहिलो स्मार्ट सपिङ मार्ट भएको साथीमार्ट इन्कर्पोरेट प्रालिका सँस्थापक सिइओ सागर पोख्रेलले बताए ।
प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाई र चन्दननाथ नगरपालिकाका नव निर्वाचित मेयर राजु सिङ कठायतले उद्घाटन गरेने कार्यक्रम छ ।
ग्रोसरी रिटेल विजनेसमा पहिले देखि नै इच्छा भएको र साथीमार्टसँग जोडिएर जुम्लामा ग्राहकहरुलाई स्मार्ट शपीङ अनुभव दिन मार्ट सुरु गरिएको मार्टका सन्चालक अङ्गत प्रसाद देवकोटाले बताए । देवकोटा स्टेसनरी ब्यवसायी समेत हुन् ।
‘पुरानै शैलीमा शपिङ गर्ने चलन चल्दै आएको ठाउँमा साथीमार्टसंग जोडिएर ग्राहकलाई मार्टको सपिङ अनुभव दिने तयारीमा छौं ।’ देवकोटा थप्छन् । २१ औं सताब्दिमा मा प्रविधि र सहरीकरणले फड्को मार्दै अगाडि बढेको छ भने, रिटेल सेक्टरमा पनि यस्तै प्रगति देखिएको छ तर हाम्रो जुम्लामा हामी अलिक पछि परि रहेको महसुस भयो र यसको निम्ती नै
मिसन र भिजन मनपरेर हातेमालो गर्दै ब्यवसाय साझेदारी गरिएको हो । ७ सय वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान हुनेछन् ।
फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।
एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीको दावी छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




