सुडानमा इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट
काठमाडौं। सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ ।
अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् ।
यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ ।
सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ ।
यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्धन्द्ध पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द र आर्थिक अवस्था पनि जोडिएको छ ।
त्यसैगरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरुको भनाई रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




