समाचार

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच वार्ता

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ ।

हाल चीनको भ्रमणमा रहेमन पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा गएका थिए । त्यस क्रममा आइतबार उनीहरुका बीचमा वार्ता भएको बताइएको छ । त्यसक्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताएको समाचारमा जनाइएको छ ।

हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त हुनुभएका जर्दारीले प्रारम्भिक रुपमा नै चीनको भ्रमणको कार्यक्रम तय गर्नुभएको थियो । त्यस क्रममा उहाँले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सिन्ह्वा

सम्बन्धित समाचार

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

पोखरीमा मृत भेटिएको शवको भएन सनाखत

सिरहा। औरही गाउँपालिका-५ स्थित पोखरीमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । बुधबार...

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

भरुवा बन्दुक पड्किँदा किशोरको मृत्यु

काठमाडौं। डडेल्धुरामा हिजो साँझ भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ। परशुराम नगरपालिका–२ बसौटीमा घरभित्र राखिएको अवैध भरुवा बन्दुक...