सेञ्चुरी बैंकको २१ लाख ९० हजार कित्ता डिबेन्चर बाँडफाँट
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २१ लाख ९० हजार रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर २०८८’ आज बाँडफाँड गरेको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ः३० बजे उक्त ऋणपत्र बाँडफाँड गरिएको हो।
बैंकको १० (दश) वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’मा माग बमोजिम नै आवेदन प्राप्त भएको जनाएको छ ।
कम्पनीले प्रतिकित्ता डिबेञ्चर अंकित मूल्य रु. एक हजारका दरले २२ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुला गरेकोमा माग बमोजिम नै आवेदन प्राप्त भएको हो ।
बैंकले जारी गरेको कुल डिबेन्चरमध्ये मध्ये ६० प्रतिशत अर्थात १३ लाख कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र ४४ हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषलाई संरक्षित गरिएको थियो ।
सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भइ आएको १० हजार कित्ता सामूहिक कोषलाई बाँडफाँट गरि सकिएको कम्पनीले जनाएको छ ।
बाँकी ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि-आस्वा प्रणालीमार्फत २ हजार २७२ जनाले ७८ हजार ७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरूको हकमा निजहरूको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाँकी २ हजार २६२ जना आवेदकहरुबाट प्राप्त ७८ हजार ३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७ लाख ९१ हजार ६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार ६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै दरखास्त प्राप्त भएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




