आज सुनचाँदीको बढ्यो मूल्य, तोलाको कति पुग्यो?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बुधबार भने तोलामा २ सयले बढेको छ ।
आज तोलामा २ सयबढेसँगै कारोबार मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार तोलमा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य बुधबार ५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय ७५ रुपैयाँ भएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८६१।७८ डलरमा कारोबार भइरहेको छ भने चाँदी २२।०४ डलर छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
डलरका भाउ हालसम्मकै उच्च
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...




