नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जुट्न जरुरी : खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको भूूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन जरुरी भएको बताए ।
“राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल भएर उभिन सक्नुपर्छ, यस्तो परराष्ट्रनीति जरुरी छ”, उनले भने, “अब कूटनीतिक कुरा गर्ने होइन, राष्ट्रिय सहमतिबाट हाम्रो भूमि र सीमाको संरक्षण गर्नुपर्छ ।”
नेकपा (एकीकृत समाजवादी) का नेता खनालले वर्तमान संविधानलाई मार्गदर्शन मानेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भूमि सुधारको कुरा नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै उनले भने, “भूमिसम्बन्धी तथ्याङ्क हामीसँग अध्यावधिक छैन, कुनै पनि ठाउँबाट क्लिक गर्दा हेर्न सकिने गरी बनाउनुपर्छ ।”
नेता खनालले अब राजनीतिक दल ठीक ढङ्गले चल्न नसके धेरै बालेन जन्मने र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जाने बताए ।
नेता खनालले श्रमजीवी वर्गको जनताको हितका लागि ठोस नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी ठोस नीति हुनुपर्ने बताए ।
उनले भने, “चीनले १० वर्षअघि नै गरिबी निवारण गर्यो, जम्मा दुई करोड ९२ लाख भएको जनसङ्ख्यालाई गरिबी उन्मूलन गरेर जान किन सकिदैन ? सकिन्छ ।”
उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्ने र देशमा उद्योगधन्दा सञ्चालनका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
“नेपाल पर्यटन र प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै सबैभन्दा सुन्दर देश हो”, उनले थपे, “लुम्बिनीकै विकास गर्नसके पनि धेरै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ तर त्यसको एकीकृत योजना बनाएर विकास गर्न सकिएको छैन ।”
उनले विश्वभरिका पर्यटक नेपालमा भित्र्याउनेस्थलको पनि विकास गर्न नसक्नुका कारण आफ्नो मान्छे भर्ना गरेर लाभ लिन खोजेका कारण त्यस्तो भएको बताए ।
सरकारको आगामी नीति तथा कार्यक्रममा प्रगतिशील कर प्रणाली ल्याउन नसकेको उल्लेख गर्दै उहाँले समाजवादको पक्षधरले त्यो कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेता खनालले देशको मालिक जनतालाई बनाउन सूचना प्रविधि, तालिम भित्र्याउनुपर्नेमा जोड दिँदै नीति तथा कार्यक्रममा कला, साहित्य र संस्कृतिकको विकासका बारेमा केही पनि लेखेको बताए ।
“सभ्य समाजका लागि कला, साहित्य र संस्कृतिको विकास गर्न जरुरी छ, यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ”, उनले भने, “मुलुकको आर्थिक, सामाजिक, राष्ट्रिय सुरक्षाका नीति, विदेश नीति बनाउनुपर्छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...




