खेलकुद

नेपाल टी ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि टेन्डर खुला

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी-ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।

अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ ।

क्यानको गत मङ्गलबार बसेको बोर्ड बैठकले छ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं , पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न छन् ।

सम्बन्धित समाचार

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन

काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...