अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् ।

उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लागेको समाचारमा जनाइएको छ ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेन आइतबार सो विद्यालय जानेभएका छन् ।

उहाँहरुले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न तथा उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेको समाचारमा जनाइएको छ ।

केही दिनअघि अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।

अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी १८ जना बालबालिकासहित २१ जना मारिएका थिए भने अरु कैयौँ घाइते भएका थिए ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।सिन्ह्वा

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...