रक्तदान कार्यक्रमबाट ७४ युनिट रगत संकलन
काठमाडौं । संमृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका वडा नंं २६ र २७ का वडाध्यक्ष नरेन्द्र थापा र पूर्णकुमार गुरुङले पहिलो रक्तदाता समिक्षा गिरी र विश्वनाथ त्रिपाठीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभाम्भ गरेका थिए ।
कार्यक्रममा रक्तदानसमेत गरेका वडा नं. २६ वडाध्यक्ष थापाले मानव सेवाका सबै कामहरुमा वडाले सहकार्य गर्ने उल्लेख गरे । रक्तदानका बारेमा युवापुस्तामा भ्रम रहेको उल्लेख गर्दै थापाले चेतना अभिवृद्धिका कार्यक्रम ल्याउनसमेत रक्तसंचार केन्द्रलाई आग्रह गरे । उनले वडाको विकासका लागि प्रभुद्ध वर्गसँग सहकार्य गरेर योजना बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
त्यस्तै, पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रगतको आवश्यकता रहेको सन्देश रक्त संचारले गर्ने लगत्तै सहकारीले कार्यक्रमको आयोजना गरेर मानविय सेवा गरेको उल्लेख गरे । उनले जनताले दोस्रो कार्यकालका लागिसमेत अनुमोदन गरेकाले जनताको विश्वासमा आँच नआउने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यस्तै, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय रक्तसंचार केन्द्रले स्थायी रक्तदाताको परिचयपत्र उपलब्ध गराई अस्पतालका सेवाहरुमा सहुलियत दिन आग्रह गरे ।
२८औं पटक रक्तदान गरेका सहकारी सदस्य पोखरा तालचोक निवासी सुरजजंग राणाले रक्तदानको महत्वको बारेमा बुझेकाले नियमित रक्तदान गर्दै आएको बताए । उनले आफ्नो बुवाको उपचारमा समेत धेरै पटक रगत दिनु परेकाले स्वास्थ्यले साथ दिएसम्म रक्तदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, सहकारीका अध्यक्ष सुमन भट्टराईले पोखरामा रगत अभाव भएको बेला आफ्नो संस्थालाई सम्झन रक्तसंचार केन्द्रलाई आग्रह गरे । कार्यक्रममा पहिलोपटकदेखि २८ पटकसम्म रक्तदान गर्ने दाताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव नवराज तिवारीले गरेका थिए ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...




