अर्थ

चितवनको सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल बजेटमा प्राथमिकता

काठमाडौं ।  आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् ।

बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो ।

बजेटमा काठमाडौंबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि–चित्लाङ-पालुङ-चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने उल्लेख छ ।

यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रुतमार्ग निधि क्षेत्रको लगानीमा निर्माण गर्न लगानीबोर्डमार्फत प्रक्रिया अघि बढाईने उल्लेख छ । यस्तै पथलैया-हेटौँडा-नारायणगढ सडक विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ ।

नागढुङ्गा-नौबीसे-मुग्लिन र मुग्लिन-पोखरासम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । यो दुई सडक खण्डको चितवन हुँदै जाने सडक हुन् ।

बजेटमा नारायणगढस्थित नारायणी नदीमा बहुउद्देश्यीय सिग्नेचर पुल निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । चितवनको रामपुरमा निर्माणा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गरिने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको उक्त रङ्गशाला बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको थियो । बजेटमा प्रदेश र स्थानीय तहको साझेदारीमा रङ्गशालाको काम अघि बढाउने उल्लेख छ ।

नारायणी नदीमा सहरी करिडोरका रुपमा तटबन्ध निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । नदीको वहाव नियन्त्रणको कार्ययोजना बनाइ कटान र डुबान नियन्त्रण गर्ने उल्लेख छ ।

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने बजेटमा उल्लेख छ । अर्थमन्त्री शर्माले चितवनको शक्तिखोरलगायतका सम्भावित क्षेत्रमा निजी-साझेदारी अवधारणाअन्तर्गत औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्ने बताएका हुन् । ।

चितवनमा निर्माण गरिने शिक्षक अस्पतालका लागि पनि बजेट विनियोजन भएको छ । भरतपुर महानगरपालिका वडा नं १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने यसअघि नै सरकारले निर्णय गरिसकेको थियो ।

बजेटमा अमलेखगञ्जदेखि चितवनको भण्डारासम्म पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने उल्लेख छ । सरकारले भण्डारामा यसअघि नै जग्गा अधिग्रहण गरिसकेको छ ।

पूर्वी चितवनको कठारमा रिक्रियसन सेन्टर निर्माण गर्ने बजेट वक्तव्यमार्फत उल्लेख छ । भरतपुरको शारदानगर खानेपानी आयोजनालाई एक वर्षभित्र सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित समाचार

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनमा इन्धनको मूल्य वृद्धि

स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न

कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति

काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...