खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिएका छन् ।
चुनाबी सभालाई सम्बोधन गर्दै उनले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य ४०० रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताएका छन् ।
आइतबार थाकारा रङ्गशालामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “म यो प्रतिवद्धता व्यक्त गर्दछु कि यदि राज्य सरकारले खाद्यान्नलाई सुलभ तथा सस्तो बनाउन नसकेमा यसका लागि आफैंले पहल थाल्ने र जनतालाई आफ्नो निजी स्रोत र साधन बेचेर भएपनि आधारभूत खाद्यान्नलाई सस्तोमा उपलब्ध गराइनेछ ।”
पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उनले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाए ।
इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक संकटमा धकेलको आरोप शेहबाजले लगाए ।
पाकिस्तानी अंग्रेजी पत्रिका डनले प्रधानमन्त्री शेहबाजलाई उद्धृत गर्दै लेखेको छ, “म पाकिस्तानलाई समृद्धि र विकासको बाटोमा डोर्याउनका लागि आफ्नो जीवनको कुनै प्रबाह नगर्ने तपाईंहरूसामु गम्भीरतापूर्वक घोषणा गर्दछु ।”
बालोचिस्तान को चुनावी अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शेहबाज नागरिकहरूलाई आफूमाथिको भरोसा गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न आग्रह गरे ।
प्रजातन्त्र, कानुनी, असल शासनको लागि ३० देखि ३५ प्रतिशत नागरिकले आफ्नो दलको समर्थनमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे ।
उक्त अवसरमा चुनाबी र्यालीमा उनले आफ्ना पिता महम्मद शरीफ र दाजु तथा पाकिस्तान मुस्लिम लिग-नवाज (पिएमएल-एन) पार्टीका पूर्व अध्यक्षले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानसमेतको चर्चा गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




