अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
काठमाडौं । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ ।
नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार रात मध्यराततिर दुई वटा अभियोगमा उनलाई पक्राउ गरिएको थियो ।
उनको रगतमा अल्कोहलको मात्रा ०।०८ प्रतिशत वा त्योभन्दा बढी रहेको र नशामा भएको समय गाडी चलाएको आरोप उनीविरूद्ध लगाइएको छ ।
रिपोर्टअनुसार पल पेलोसीलाई पाँच हजार अमेरिकी डलर जमानतमा उनलाई आइतबार बिहानै रिहा गरिएका अमेरिकी टेलीभिजन सिएनएनले जनाएको छ ।
‘सभामुखले पूर्वी क्षेत्रमा रहेका समय भएको उक्त घटनालाई निजी भन्दै यस विषयमा आफूले केही प्रतिक्रिया नदिने बताउनुभएको’ सभामुख पेलोसीका प्रवक्ता ड्रु हम्मिलले बताएका छन् ।
सान फ्रान्सिस्कोका ८२ वर्षीय पल पेलोसी सन् १९६३ मा न्यान्सी पेलोसीसँग विवाह गरेका थिए भने उनीहरुका पाँच सन्तान रहेका छन् ।रासस/एएनआई
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




