श्रम मन्त्रालयको पुन:एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार अपराह्न मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच इपिएस मार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका बिषयमा विचारविमर्श भएको थियो ।
इपिएस मार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले आठ मिलियन अमेरिकी डलर अर्थात करिव ९६ करोड रुपैंया सहयोग प्रदान गरेकोमा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले उपलब्ध गराएको उक्त रकम सम्वद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुन:एकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्वन्धी क्षमता अभिवृद्धि र वित्तिय पहुँचमा खर्च हुनेछ ।
उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध भइ संचालन हुनेछ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु ईपीएसमार्फत गएका छन् ।
उनीहरू स्वदेश फर्किएपछि पुनःएकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराएको हो ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान संचालन गर्ने सरकारको योजना रहेको बताउनुहुँदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गरेका थिए ।
दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्विनमा पुर्वाधार निर्माण गर्नेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...
रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन
बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
कीर्तिमानी बन्यो डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...




