अर्थ

एन आई सी एशियाको फ्लेक्सी फण्डको अइपिओ भाेलिदेखि खुला

 

काठमाडौं । एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको आइपिओ  भाेलिदेखि सर्वसाधारणाकाेलागी  निष्काश तथा बिक्री खुुल्ला  हुने भएकाे छ ।

यही जेठ १९ बिहीबार देखि २४ गतेसम्म गते एन आई सी एशियाको फ्लेक्सी फण्डको अइपिओ खुला तथा विक्रि हुन लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गरी करिब ८ करोड ५० लाख इकाइको आइपिओ खुला हुन लागेको एन आई सि एशिया क्यापिटलले जानकारी दिएको छ ।

यो एक बन्दमुखी योजना रहेको एन आई सि एशिया क्यापिटल  प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले बताए । साथै उनले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गर्ने जानकारी दिए ।

जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई संख्या कोष प्रवर्धक एन आई सी एशिया बैंकलाई छुट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिने छ ।उक्त फण्डको अवधि ७ वर्ष रहेको छ ।

क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । क्यापिटलको उक्त फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा अषाढ २ गतेसम्म आवेदन दिने समय लम्बिने छ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

आइपिओ खरिदको लागि सि-आस्वा सेवामा सहभागि सम्पूर्ण बैक तथा वित्तिय र सिडिएस एण्ड क्लियरिगं लिमिटेडबाट मेरो शेयर मार्फत गर्न सकिने छ ।

सम्बन्धित समाचार

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...