सुर्तिजन्य पदार्थको सेवनबाट विश्वभरि वार्षिक ८० लाख मानिसको मृत्यु
नोम पेन। सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।
सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनिकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् ।
कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि लि एैलानले सुर्तिजन्य पदार्थको सेवनबाट अनावश्यक क्षेत्रमा खर्च गर्नु परेको बताए ।
उनले सुर्तिजन्य पदार्थको सेवनका कारण विश्वभरि वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको पनि जानकारी दिए ।
विश्व सुर्तिजन्य पदार्थ दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चेतनामूलक कार्यक्रमहरू नै बढाउनु पर्नेमा जोड दिइएको छ।
हरेक वर्षको मे ३१ तारिखमा विश्वभरि सुर्तिजन्य पदार्थ सम्बन्धी दिवस विविध कार्यक्रम गरी मनाउने गरिन्छ । सिन्ह्वा
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
२.
इरानका रक्षामन्त्री मारिएको दावी
-
३.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
-
४.
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस : ओली
-
५.
राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाए : स्वर्णिम वाग्ले
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




