स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना संचालन गरिने जुत्ता मेलाप्रति विमती

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चररर्स एशोसिएसनले स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना संचालन गरिने जुत्ता मेलाप्रति विमती रहेकाे जनाएको छ।
एशोसिएसनले विज्ञप्ती जारी गदै यस्ता मेलालाई निरुत्साहित गर्न छलफल पश्चात एशोसिएसनका सदस्य सहमत रहेकोमा पछिल्लो समय केही उद्योगी व्यवसायीले सहमती विपरित पुनः जुत्ता मेला संचालन गरेको मा एसोसिएसनको गम्भिर ध्यानकर्षण भएको जनाइएको छ ।
बाह्रै महिना दोकानका रुपमा संचालन गरिने यस्ताखालका मेलाले औद्योगिक प्रर्दशनीलाई खल्लो बनाउने तथा उत्पादनको लोकप्रियतामा समेत आच आउने भएकोले यस्ता गतिविधमिा संलग्न नहुन पनि एशोसिएसनले आग्रह गरेको छ । यस्ता मेलामा एशोसिएसको संलग्नता नरहेको बताइएको छ ।
आफ्ना उत्पादनलाई सोझै उपभोक्तकाबीचमा लैजान तथा विभिन्न कारणले सुस्ताएको आर्थिक गतिविधी चलायमान बनाउन विभिन्न प्रकारका मेला तथा एक्स्पो संचालन गरिने एशोसिएसनले बताएको छ ।
उद्योगी व्यवसायीको हित र स्वदेशी उत्पादनको प्रर्वद्धनकालागि एशोसिएसनको आयोजनामा काठमाडौं उपत्यकामा वर्षमा २ पटक उद्योगीलाई समेटेर बिजनेस एक्स्पो र अन्तर्राष्ट्रियस्तरको ओद्यौगिक प्रर्दशनी पनि १ पटक संचालन हुने गरेको बताइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...
रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन
बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...




