कला

स्थानेश्वर गौतमको ‘तिम्रो मायामा’ गजल सार्वजनिक

काठमाडौं । गायक स्थानेश्वर गौतमको सुमधुर स्वर र सङ्गीतमा समावेश गजल ‘तिम्रो मायामा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार रमेश लुइँटेलको गीत रचना रहेको सो म्युजिक भिडियाको गीतमा नरेन्द्र वियोगीले सङ्गीत संयोजन प्रदान गरेका छन् ।

यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाँच्न सक्छु भन्ने भावना प्रेमीले गीतमार्फत व्यक्त गरेका छन् ।

‘तिम्रो मायामा हरेक पल विष पिएरै बाँचिदिन्छु, तिमै्र निम्ति भए पनि मुटु सिएरै बाँचिदिन्छु’, ‘तिम्रो तस्वीर मुटुमा सजाएँ अन्तिम श्वास फेर्दा जलेको जल्यै, म तिमीझैँ आफैँ सिद्धिएरै बाँचिदिन्छु’, ‘कसम, कसम, हाँसी, हाँसी प्राण दिएरै बाँचिदिन्छु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्रीको अभिनय छ । राम केसीले छायाङ्कन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युब च्यानलमार्फत सार्वनजिक भएको जनाइएको छ ।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...