सयपत्री हाइड्रोपावरको आइपिओ खुल्दै
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अंकित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो ।
आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका-२ र ३ मा पर्ने दरमखोलामा २।५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।
लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गल्कोट शाखा, ग्लोबल आईएई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौँँबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




