नेफ्स्कून र लायन्स क्लबबीच सहकार्यका विषयमा छलफल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कू) र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालबीच संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न आयाममा रणनीतिक सहकार्यका विषयमा छलफल भएको छ ।
नेफ्स्कून केन्द्रीय कार्यालयमा शुक्रबार भएको छलफल मुलतः रक्त सञ्चार तथा अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको अभियानमा सहयोगको विषयमा केन्द्रीत थियो । उक्त केन्द्र रक्त सञ्चार तथा रक्त अनुसन्धान सम्बन्धी काम गर्ने लक्ष्यका साथ त्रिभुवन विश्व विद्यालय र लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको सहकार्यमा स्थापित गरिएको थियो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेललगायत सहभागी कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का केन्द्रीय अध्यक्ष रुद्र ज्ञवाली लगायतको सहभागिता थियो ।
कार्यक्रममा नेफ्स्कून अध्यक्ष, महासचिव एवम् लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ का केन्द्रीय अध्यक्ष ज्ञवालीले दुई निकायबीचको सहकार्यले सामाजिक क्षेत्रका अन्य विविध पक्षमा मिलेर काम गर्ने सम्भावनाको ढोका खोल्ने धारणा राखे । कार्यक्रम सञ्चालन नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




