८ महिनामा सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी
सल्यान । सल्यानबाट चालु आर्थिक वर्ष २०७८.७९ को दुई चौमासिकमा ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ। चालु आवको साउनदेखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।
कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्यान्न बाली निकासीबाट ५ करोड ६० लाख, ३ हजार ५८० मेट्रिकटन सुन्तला निकासीबाट २० करोड ४० लाख ६० हजार, ३ हजार ५० मेट्रिकटन तरकारी निकासीबाट १२ करोड ३५ लाख २५ हजार आम्दानी भएको छ।
त्यस्तै ४ हजार २८५ मेट्रिकटन अदुवा निकासीबाट ११ करोड ९९ लाख ८० हजार, १ हजार २ सय १८ मेट्रिकटन बेसारबाट २ करोड ६७ लाख ९६ हजार, ३.५ मेट्रिकटन महबाट ३५ लाख, १९० मेट्रिकटन आलुबाट ५७ लाख र ३१ मेट्रिकटन अन्य निकासीबाट ५५ लाख ८० हजार रुपैयाँ जिल्ला भित्रिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।
चालु आर्थिक वर्षमा धान, मकैको उत्पादन घटेको बस्नेतको भनाइ छ। अधिक वर्षा हुँदा उत्पादनमा कमी आएको उनको भनाइ छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...




